डोजर लगाएपछि वडाध्यक्ष मर्सानीले भने – ‘भाडा नतिर्नेको फाइल महानगरमा छ’

पाेखरा | भदौ २३, २०७९

डोजर लगाएपछि वडाध्यक्ष मर्सानीले भने – ‘भाडा नतिर्नेको फाइल महानगरमा छ’

पोखरा:  पोखरा महानगरका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको बताएका छन् । 

 

महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भत्काउन डोजरसहित पुगेका वडा अध्यक्ष मर्सानीले सटर भाडा नतिर्ने  व्यवसायीहरुको फाइल महानगरमा भएको प्रतिक्रिया दिएका हुुन् । 

 

‘भवन भाडामा लगाउन हामी आउँन भन्दा अगाडीबाट नै सुुरु भएको हो’ उनले भने ‘३ वर्षदेखिको ३ करोड बढी भाडा उठाउन बाँकी छ । फाइल महानगरमा छ । भवन भत्किएको भाडा तिर्न पर्दैन भन्ने हुदैन राज्यलाई तिर्न पर्ने राजश्व हामी उठाउँछौं ।’

 

यस भवनमा सञ्चालित पसलहरुको भाडासमेत वर्षाैदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।

 

पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काउन बिहिबारबाट सुुरु गरेको हो । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित महेन्द्रपुलस्थित सटरमा महानगरले डोजर लगाएको हो ।

 

त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।

 

मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् । 

 

चाड नजिकिएसँगै डोजर लगाएकोमा व्यवसायीको आपत्ति

पोखरा महागनरपालिकाले महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर लगाउँदा व्यवसायीहरुले भने आपत्ति जनाएका छन् । 

 

व्यवसायी सुशान्त तामाङका अनुसार दशैं तिहार जस्तो चाडपर्वमा केही होला भनेर गरेको लगानीमाथि महानगरले अन्याय गरेको छ । 

 

तर महानगरले गरेको कार्यको प्रशंसा गर्दै एक व्यवसायीले भने सुन्दर शहर बनाउन र हेर्न मन छ भन्दै महानगरको कदमलाई साथ दिएका छन् । 

 

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पवन कुमार प्रजापतिले महानगरले भवनमा डोजर चलाएकोमा आपत्ति जनाउँदै फेसबुकमा विरोध जनाएका छन् । 

 

उनले लेखेका छन् ‘दशैको मुखमा महेन्द्रपुलका व्यवसायीलाई उठिबास पार्नु आपत्तीजनक हो ।’ कोरोना र नाकाबन्दी र आन्तरिक समस्याले थिलोथिलो पारेको व्यवसायीहरुलाई आहात पुग्ने गरी २७ वटा सटरमा व्यवसायीलाई विस्थापित गर्ने सरकारी कदमको विरोध जनाएका हुन् । 

 

पोखरा महानगरले भने भवन भत्काएर सार्वजनिक शौचालय र पार्क बनाउने योजना अगाडी सारेको छ । 

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्